Skip to content

बिम्स्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी व्यवसायीसँग गृहमन्त्री गुरुङ, यस्ता छन् सुझाव

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बिम्स्टेक सम्मेलनको पूर्वसन्ध्यामा नेपालका विभिन्न प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गरेका छन् ।

कार्यक्रममा उद्योगी तथा व्यवसायीहरूले व्यापार व्यवसाय सञ्चालनका क्रममा भोग्दै आएका समस्या, चुनौती तथा तिनको समाधानका लागि क्षेत्रीय सहकार्य र बिम्स्टेक मञ्चमार्फत अघि बढाउन सकिने पहलहरूबारे आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।

अन्तरक्रियाका क्रममा गृहमन्त्री गुरुङले उद्योगी तथा व्यवसायीहरूबाट प्राप्त सुझावहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै व्यापार सहजीकरण, अवैध चोरी पैठारी नियन्त्रण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताए।

उनले चोरी पैठारी नियन्त्रण तथा सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन “डिजिटल बोर्डर” को अवधारणालाई अघि बढाउने उल्लेख गर्दै सीमा क्षेत्रमा प्रविधिको प्रयोग, निगरानी तथा समन्वयलाई सुदृढ बनाउनु आवश्यक रहेको बताए।

  त्यसैगरी, नेपाली उत्पादनको गुणस्तर प्रमाणीकरण तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारलाई सहज बनाउन ब्यूरो अफ इन्डिया स्टयान्डर्ड (बीआइएस) र नेपाल स्टयान्डर्ड (एनएस) बीच मान्यता तथा प्रमाणीकरणसम्बन्धी सहकार्य अघि बढाउने विषयमा समेत बिम्स्टेक सम्मेलनका दौरान हुने द्विपक्षीय वार्तामा उक्त विषय उठाउने प्रतिबद्धता गरे।

यस अवसरमा व्यवसायीहरीलाई लगानी मैत्री वातावरण तयार गर्न राजनीतिनै गर्नुपर्ने बाध्यता अबको सरकारले सिर्जना हुन नदिने, लगानीमैत्री वातावरण तयार गर्न सरकारले सबै क्षेत्रमा सुधारको प्रभावकारी पहलकदमी गर्ने तर स्वच्छ र प्रतिष्पर्धी बजार अनुशासन विरुद्ध हुने व्यवसायीका सबै गतिविधिलाई कानूनी दायरामा ल्याउने विषय समेत अवगत गरे।

कार्यक्रमले उद्योगी तथा व्यवसायीका व्यावहारिक समस्या, सुझाव र अपेक्षालाई सरकारसमक्ष प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै बिम्स्टेक जस्ता क्षेत्रीय मञ्चमार्फत व्यापार सहजीकरण, सीमा व्यवस्थापन, अवैध व्यापार नियन्त्रण तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गर्ने आधार तयार गरेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima