Skip to content

एमजी हेक्टर टोमहक ईभी सार्वजनिक, कतिपर्छ मूल्य, के‍-के छन् विशेषता ?

काठमाडौं । नेपाली बजारमा विद्युतीय एसयूभी एमजी हेक्टर टोमहक ईभी सार्वजनिक गरिएको छ ।

जीओ अटोमोबाइल्सले सात सिट क्षमताको उक्त ईभी सार्वजिनक गरेको हो । कम्पनीले पहिलो ५० जना ग्राहकका लागि ५७ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेको छ । त्यसपछि ६१ लाख ९९ हजार रुपैयाँ पर्ने जनाएको छ ।

एमजी हेक्टर टोमहक ईभीमा ६९.२ किलोवाट घण्टा क्षमताको ब्याट्री रहेको छ भने एकपटक चार्ज गर्दा ५१७ किलोमिटरसम्म यात्रा गर्न सकिने छ । यो ईभीको लम्बाइ ४ हजार ७४५ मिलिमिटर, चौडाइ १ हजार ८५० मिलिमिटर र उचाइ १ हजार ७७० मिलिमिटर छ। यसको ग्राउन्ड क्लियरेन्स २३० मिलिमिटर रहेको छ।

गाडीमा २०४ पीएस अधिकतम शक्ति र ३१० न्यूटन मिटर टर्क उत्पादन गर्ने विद्युतीय मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यसले शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको गति करिब ८.२ सेकेन्डमा लिन सक्छ ।

चार्जिङका लागि ९० किलोवाट क्षमताको डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्‍याउन करिब ३५ मिनेट लाग्ने कम्पनीले जनाएको छ । एमजी हेक्टर टोमहक ईभीमा ठूलो इन्फोटेनमेन्ट स्क्रिन, डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस मोबाइल चार्जिङ, एन्ड्रोइड अटो र एप्पल कारप्ले उपलब्ध छन्। यसमा प्यानोरामिक सनरुफ, अगाडिका सिटमा भेन्टिलेसन सुविधा, एम्बियन्ट लाइटिङ र इन्फिनिटी साउन्ड सिस्टम रहेको छ ।

सुरक्षातर्फ एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम र एन्टि-लक ब्रेकिङ सिस्टम रहेको छ । यो गाडफीमा अतिरिक्त पेट मोड, भ्यालेट मोड, क्याम्प मोड र एनर्जाइज मोडजस्ता विशेष सुविधा छन् । यो गाडीमा तापक्रम कायम राख्न सहयोग गर्छ भने भ्यालेट मोडले केही व्यक्तिगत विवरणमा पहुँच सीमित गर्छ । क्याम्प मोड बाहिर घुमफिर गर्दा केबिन प्रयोग गर्न सहज बनाउन र एनर्जाइज मोड केबिन चिसो बनाउन उपयोगी हुने जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima