Skip to content

बरुण हाइड्रोपावरले बोलायो साधारण सभा, लाभांश वितरण र हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश वितरण तथा १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न २३औँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले आगामी कात्तिक २० गते शुक्रबार काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा साधारण सभा आयोजना गर्ने भएको हो । सभा बिहान साढे ९ बजे सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसअनुसार कम्पनीले कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । उक्त प्रस्ताव पारित भएमा सेयरधनीले आफूसँग रहेको प्रत्येक एक कित्ता सेयर बराबर थप एक कित्ता हकप्रद सेयर आवेदन गर्ने अवसर पाउनेछन् ।
सभाले संस्थापक सेयरधनीका तर्फबाट तीन जना र सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना गरी चार जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसमेत पारित गर्नेछ । यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेस गरिनेछन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने जनाएको छ । यसअनुसार कात्तिक १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima