काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो ।
भदौ महिनामा विप्रेषण आप्रवाह २ खर्ब २१ अर्ब ३१ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड रहेको थियो ।
भदौ मसान्तसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।
भदौ मसान्तसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ४६९ अर्ब ४४ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रहेको थियो ।
भदौ मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० र पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या ५२ हजार १६३ रहेको छ । गत आवको सोही अवधिमा यस्तो सङ्ख्या क्रमश: ९० हजार १९८ र ४५ हजार ८८४ रहेको थियो । चालु आवको २ महिनाको तुलनमा गत आवको सोही अवधिमा भने यस्तो संख्या धेरै थियो । अहिले वैदेशिक रोजागरीमा जानेको संख्या घटेको भने विप्रेषण आउनेक्रम बढेको छ ।











प्रतिक्रिया दिनुहोस्