Skip to content

चालु खाता करिब पौने २ खर्ब, शोधनान्तर १ खर्ब ८७ अर्ब बचतमा

२ अर्ब ९८ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ३० अर्ब ९७ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६७ लाखले बचतमा रहेको चालु खाता यो अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको छ ।

भदौ मसान्तसम्म खुद पुँजीगत ट्रान्सफर १ अर्ब ५३ करोड रहेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर रु.२ अर्ब २० करोड रहेको थियो ।

भदौ मसान्तसम्म २ अर्ब ९८ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १ अर्ब २७ करोड रहेको थियो । भदौ मसान्तसम्म शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको शोधनान्तर स्थिति भदौ मसान्तसम्म १ अर्ब २३ करोडले बचतमा रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima