Skip to content

नागरिक लगानी कोष र एभरेस्ट अस्पतालबीच सम्झौता, उपचारमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, कर्मचारी र उनीहरुका परिवारका सदस्यले एभरेस्ट अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन्। यस सम्बन्धमा कोष र अस्पतालबीच सम्झौता भएको छ।

कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका सहायक प्रशासक यादवप्रसाद ढुंगानाले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार कोषसँग आबद्ध कर्मचारी, आश्रित परिवार तथा सदस्यले अस्पतालको बिल र परीक्षण सेवामा २० प्रतिशत तथा शल्यक्रिया कक्ष र फार्मेसीको बिलमा १० प्रतिशत छुट पाउनेछन्।

बाह्य स्रोतबाट लिइने सेवा, चिकित्सकको परामर्श, एम्बुलेन्स शुल्क तथा उपकरणमा भने छुट नहुने कोषले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima