Skip to content

पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले साइबर ब्यूरो लग्यो

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले शनिबार घरबाटै नियन्त्रणमा लिएको छ ।

स्रोतका अनुसार अन्तराष्ट्रिय प्रेस काउन्सिलका उपाध्यक्ष श्रेष्ठलाई अहिले साइबर ब्यूरो लगिएको छ ।
जनआस्था साप्ताहिकका अध्यक्ष समेत रहेका पत्रकार श्रेष्ठलाई रास्वपा नेता हिमेश पन्तले दिएको जाहेरीका आधारमा घरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

जनआस्था अनलाइनमा पन्तका परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचार आएपछि हिमेशले जाहेरी दिएका थिए ।

पत्रकार श्रेष्ठलाई प्रहरीले यसअघि साउन २७ गते पक्राउ गरेको थियो । त्यो बेला काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई पक्राउ गरेको थियो । उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको थियो ।

भदौ १ गते श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले परमादेश जारी गर्दै श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima