Skip to content

पत्रकार किशोर श्रेष्ठ प्रहरी नियन्त्रणबाट छुटे

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ प्रहरीबाट छुटेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं कलाकार हिमेश पन्तको निवेदनका आधारमा साइबर ब्युरोले शनिबार पत्रकार श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।
शनिबार

ब्युरोले दुवै जनालाई सहमति गराएर श्रेष्ठलाई छोडेको हो । दुवैबीच समाचारका विषयमा प्रेस काउन्सिलमा छलफल गर्ने सहमति भएको बताइएको छ ।

जनआस्था साप्ताहिकले पन्तले अर्काको जग्गा कब्जा गरेको भन्दै समाचार सम्प्रेषण गरेको थियो । उक्त समाचारको बिषयमा पन्तले ब्युरोमा निवेदन दिएका थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima