Skip to content
Prabhu

आज सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको छ। आज सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार छापावाल सुन प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ७० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal