Skip to content
Prabhu

सेयर बजारमा सामान्य सुधार, कारोबार रकममा गिरावट

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य सुधार भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको सेयर बजार आज सामान्य अंकले बढेको हो ।

बुधबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २ दशमलव २७ अंकले बढेको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २०७८ दशमलव ७६ विन्दुमा पुगेको छ । आज कारोबार भएका कम्पनीमध्ये १३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बुधबार परिसूचकमा सामान्य सुधार भए पनि कारोबार रकममा भने केही कमी आएको छ । अघिल्लो दिन ४ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज ३ अर्ब माथिको मात्रै कारोबार भएको छ । आज ३०८ कम्पनीका ७२ लाख ९ हजार ७५७ कित्ता सेयर ४८ हजार ७०६ पटक खरिद बिक्री हुँदा ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५५ अंकले घटेर ३६७ दशमलव ७५ विन्दुमा पुगेको छ ।

आज १३ उपसमूह मध्ये ६ उपसमूहको सेयर मूल्य बढेको छ भने ७ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal