Skip to content

३० लाख लगानीमा सांस्कृतिक सङ्ग्रहालय भवनको निर्माण पूरा

nabil
global ime

काठमाडौं । अदानचुली गाउँपालिकामा सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माण पूरा भएको छ । झण्डै छ वर्षपछि उक्त भवनको काम पूरा भएको गाउँपालिकाले जनाएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज उक्त नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । अदानचुली गाउँपालिकाको करिब रु ३० लाख लगानीमा उक्त भवन निर्माण सम्पन्न भएको हो । स्थानीय कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण गर्ने उद्देश्यले भवन निर्माण गरिएको हो ।

भवनको उद्घाटनसँगै स्थानीयवासीमा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन हुने अपेक्षा गरिएको सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण समितिका अध्यक्ष राजबहादुर दानीले बताए ।

भवन उद्घाटन समारोहमा मुख्यमन्त्री शाहीले अदानचुली गाउँपालिकाको विकासका लागि आवश्यक बजेट व्यवस्थापन गर्न प्रदेश सरकार सकारात्मक रहेको बताए ।

कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले अदानचुली गाउँपालिकामा जनताको अपेक्षाअनुसार काममा ढिलाइ भइरहेको बताए ।

भौगोलिक विकटताका कारण विकास निर्माणमा केही ढिलाइ हुन गएको पालिकाले जनाएको छ । सांस्कृतिक सङ्ग्रहालय भवनको उद्घाटनसँगै यहाँको मौलिक संस्कृति र परम्पराको संरक्षणमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima