Skip to content

सेयर बजारमा हरियाली, वाणिज्य बैंकमा लगानीकर्ताको बढ्यो आकर्षण

nabil
global ime

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । कारोबारको सुरुदेखि बढेको बजार अन्तिम समयसम्म पनि कायमै रहेको छ । बजार मापन गर्ने सूचक ३१.५४ अंकले बढेर परिसूचक २६९५.६० बिन्दु कायम भएको छ ।

३५० कम्पनीको २ करोड ३२ लाख ५८ हजार कित्ता सेयर ८ अर्ब ५७ करोड ९८ हजार ८२३ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचक बढेका छन् । कारोबारमा वाणिज्य बैंक, अन्य कम्पनी, होटल तथा पर्यटन लगायत समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ ।

कारोबारमा सबै बैंकका लगानीकर्ताले कमाएका छन् । यो दिन १८१ कम्पनीको मूल्य बढेको छ भने ९१ कम्पनीको मूल्य बढेको छ । कारोबारमा बेनी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर कम्पनी पहिलो स्थानमा रहेको छ । कम्पनीको ३५ करोड ६१ लाख ६८ हजार ५०५ रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमश: सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंक रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T