Skip to content

पुस्तकालय अनुदानबापतको रकम हिनामिना, अख्तियारद्वारा मुद्दा दायर

nabil
global ime

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयमा पुस्तकालय अनुदानबापतको रकम हिनामिना गरेको आरोपमा विद्यालय व्यवस्थापनका समितिका पदाधिकारी, पूर्वप्रधानाध्यापक र तत्कालीन लेखा सहायकविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगले तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, पूर्वप्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धीरेन्द्रबहादुर सिंहविरुद्ध जनही १७ लाख ४१ हजार ४४६ तथा विद्यालय व्यवस्थापन समितिका सदस्य जनकबहादुर नेपालीविरुद्ध एक लाख बिगो माग गरेको छ ।

उनीहरुले मिलेमतोमा सरकारी/सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याउने बदनियतले कानुनविपरीत ऋण सापटी लिएको देखाइ १७ लाख ४१ हजार ४४६ हिनामिना गरेको आयोगले जनाएको छ । उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको आयोगको ठहर छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T