काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य १०५ रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्