Skip to content
Prabhu

गरिमा विकास बैंकको एक्सटेन्सन काउण्टर स्याङ्जाको भुम्रेमा स्थापना

काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका–९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरी उक्त एक्सटेन्सन काउण्टरबाट आजदेखि कारोबार शुभारम्भ गरेको छ ।

उक्त एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ सुविधाहरु प्राप्त गर्न सक्नेछन् । 

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १ सय २३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटामार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal