Skip to content

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा थकाली चयन

nabil
global ime

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डीबीएएन) को अध्यक्ष पदमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली सर्वसम्मत रूपमा चयन भएका छन् ।

एसोसिएसनको २१औँ वार्षिक साधारण सभाले थकालीको नेतृत्वमा आगामी दुई वर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

नवनिर्वाचित अध्यक्ष थकाली अनुभवी चार्टर्ड एकाउन्टेन्ट तथा बैंकर हुन् । उनीसंग बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन तथा सुशासनको क्षेत्रमा अनुभवी रहेकाे छ

संघ  उपाध्यक्षमा गरिमा विकास बैंकका सीईओ माधव प्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल तथा कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीईओ दिपेश लम्साल रहेका छन् ।

यसैगरी, सदस्यहरूमा मुक्तिनाथ विकास बैंक सीईओ तारा मानन्धर, लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ रविन सिजापति, ग्रीन डेभलपमेन्ट बैंकका सीईओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सीईओ अनन्त कुमार चापागाईं रहेका छन् ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव समेत स्वीकृत गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T