Skip to content
Prabhu

धरान एक्स्पोमा १२ करोडको कारोबार

 

सुनसरी । स्थानीय व्यवसायीका उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले धरानमा आयोजना गरेको व्यापारिक मेला धरान एक्स्पोमा १२ करोड रुपैयाँको आर्थिक कारोबार भएको छ ।

फागुन ११ गतेदेखि सुरु भएको एक्स्पोमा आज समापन भएसँगै १२ करोड रुपैयाँबराबरको कारोबार भएको आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव महेन्द्र प्रधानले राससलाई जानकारी दिए । उनका अनुसार एक्स्पो एक लाख ८० हजार जनाले अवलोकन गरेका छन् । अघिल्लो वर्ष सङ्घले आयोजना गरेको एक्स्पोमा  १० करोड रुपैयाँको कारोबार भएको थियो । यसपटक अघिल्लो वर्षको तुलनामा दुई करोड कारोबार वृद्धि भएको हो ।

आज उत्सवको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा कोशी प्रदेशसभाका सदस्य रमेशकुमार बस्नेतले एक्स्पोका माध्यमबाट स्थानीय व्यापारी व्यवसायी र उपभोक्ताबीच पुलको काम गरेको बताए। 

कार्यक्रममा विशेष अतिथिका रुपमा धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले धरान एक्स्पोले बजारको पुँजी चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । एक्स्पोले आर्थिक गतिविधि बढाउन मात्र नभई धरानको कला, संस्कृति प्रवद्र्धन गर्न पनि सहयोग पु¥याएको बताए ।

आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले हरेक वर्ष धरान एक्स्पोलाई निरन्तरता दिन सबै पक्षको सहयोग आवश्यक रहेको बताए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal