काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
असोज मसान्तसम्म बैंकले १२ करोड ७४ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४.३२ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकले १२ करोड २१ लाख ६० हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब १८ करोड ६४ लाख ५५ हजार रुपैयाँबाट घटेर ९२ करोड ९४ लाख १७ हजार रुपैयाँ रहेको छ ।
जसले बैंकलाई नाफा बढाउन सहयोग गरेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी, सन्चालन नाफा भने घटेको छ ।
खुद ब्याज आम्दानी २ अर्ब २८ करोड ६० लाखबाट घटेर १ अर्ब ८८ करोड ९२ लाख रहेको छ । यस्तै सन्चालन नाफा १९ करोड ३५ लाखबाट घटेर १६ करोड १४ लाख रहेको छ । बैंकको वितरणयोग्य नाफा १५ अर्ब ३९ करोड ६१ लाख १२ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ३.३५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७२.३३ रुपैयाँ रहेको छ । १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २६ अर्ब २१ करोड ६७ लाख १७ हजार रहेको छ ।
यस अवधिमा बैंकले ३ खर्ब ४१ अर्ब ८४ करोड ९५ लाख हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ९१ अर्ब २० करोड ६ लाख १२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको निष्क्रिय कर्जा ६.९९ प्रतिशतबाट बढेर ९.८१ प्रतिशत पुगेको छ ।









प्रतिक्रिया दिनुहोस्