काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने भएको छ ।
संस्थाले गत आर्थिक वर्षको सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।
संस्थाले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
जसमा बोनस ४.७५ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्