काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो ।
बजार मापन गर्ने सूचक ३२.६५ अंकले घटेर परिसूचक २६५७.५० बिन्दु कायम भएको छ । कारोबारमा २१ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने २५२ कम्पनीका लगानीकर्ताले गु्माएका छन् ।
कारोबारमा सबै उपसमूहका सूचक घटेको छ ।
कारोबारमा बेनी हाइड्रोपावर प्रोजेक्ट, मक्कर जितुमाया सुरी हाइड्रोपावर, मदांकिनी हाइड्रो, एनआईसी एशिया बैंक, बुटवल पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने झापा इनर्जी, सांग्रिला डेभलपमेन्ट बैंक, एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।









प्रतिक्रिया दिनुहोस्