Skip to content

सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत

nabil
global ime

कञ्चनपुर । हालसम्म दोधारा चाँदनीमा निमार्ण भइरहेको सुक्खा बन्दरगाहको २६ प्रतिशत काम सम्पन्न भएको छ ।

बहुप्रतिक्षित सुक्खा बन्दरगाहको निर्माण अवधि ३० महिना तोकिएको छ । करिब दुई अर्ब ३७ करोड भारतीयको लागतमा उक्त बन्दरगाह निर्माण हुने भएको हो ।

बन्दरगाहको निर्माण २४ डिसेम्बर २०२५ बाट सुरु भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर अनिश केसीले जानकारी दिए । उनले उक्त आयोजना निर्माणपछि सुदूरपश्चिममा आर्थिक चहलपहल बढ्ने विश्वास व्यक्त गरे ।

दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनमा बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । बन्दरगाह निमार्णका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।

नेपालतर्फ सुक्खा बन्दरगाह सम्मको छ लेनको पहुच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ । भारततर्फ बन्दरगाहसम्मको पहुँचमार्ग निमार्ण गरिरहेको छ । सुख्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T