काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सामाजिक सन्जालमा व्यङ्गात्मक स्टाटस लेखेका छन् ।
उनले सोमबार साँझ ठिक छ बने स्टाटस लेख्दै भनेका छन्- ”अहिले ठीक १८:०० बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन ।”
उनको स्टाटस सरकार लक्षित रहेको छ ।
कांग्रेसका सह-महामन्त्री अजयबाबु शिवाकोटीले बालेन सरकारले पार्टी सभापति थापालाई जोडेर १८ करोड रुपैयाँको सेटिङ भएको भ्रम फैलाएको आरोप लगाए ।
त्यही आरोपको जवाफ स्वरुप सभापति थापाले स्टाटस लेखेको बुझिएको छ ।
सभापति थापाले प्रतिपक्षीको भूमिका निर्वाह गर्दै सरकारमाथि प्रश्न उठाएपछि सरकार निकटका व्यक्ति तथा सञ्चारमाध्यमबाट भ्रम फैलाइएको शिवाकोटीको दाबी छ । उनले यसलाई ‘फेक कन्टेन्ट’ र प्रोपागान्डाको संज्ञा दिएका छन्।
शिवाकोटीले सरकार र सत्तारुढ दल कांग्रेससँग डराएर कांग्रेसलाई कमजोर बनाउन कांग्रेसको आन्तरिक मामिलामा चलखेल गरेको आरोप पनि लगाएका छन्।
कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवालाई शुरूमा रेड कर्नर नोटिस जारी गरेको सरकारले कांग्रेसलाई कमजोर बनाउन देउवालाई संरक्षण गर्दै गगनपक्ष विरुद्ध पटक पटक भूमिका खेलेको उनले दाबी गरेका छन् ।
अदालतमा वा प्रहरीसँग भएको बयान सार्वजनिक नै नभए पनि सार्वजनिक भएको भन्दै हल्ला फैलाउनुले सत्तापक्षको संलग्नता पुष्टि भएको सहमहामन्त्री शिवाकोटीको तर्क छ।









प्रतिक्रिया दिनुहोस्