काठमाडौं । काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । सोमबारको पहिलो खेलमा कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य काठमान्डु गोर्खाजले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमान्डुले पहिलो जितपछि दुई खेलबाट २ अंक जोडेको छ । कर्णालीको भने लगातार दुई जितपछि यो पहिलो हार हो ।
काठमान्डुका लागि रासिद खानले अर्धशतक प्रहार गरे । उनले ३४ बल खेल्दै ३ चौका र २ छक्काको मदतमा सर्वाधिक ५० रन बनाए ।









प्रतिक्रिया दिनुहोस्