Skip to content

सडक सुधारका लागि एडिबीको २८५ मिलियन अमेरिकी डलर ऋण स्वीकार

nabil
global ime

काठमाडौं । सरकारले सडक सुधार तथा स्तरोन्नतिका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त ३०५ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सडक सुधारका लागि एडीबीबाट प्राप्त २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

सरकारको यस निर्णयसँगै सडक पूर्वाधार सुधार, स्तरोन्नति तथा विकासका कामलाई थप गति दिने अपेक्षा गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T