Skip to content

एनपीएल: लुम्बिनी लायन्सद्वारा पोखरा एभेन्जर्स ८ विकेटले पराजित, पोखराको लगातार तेस्रो हार

nabil
global ime
पोखरा एभेन्जर्सविरुद्ध बलिङ गर्दै लुम्बिनी लायन्सका खेलाडी काठमाडौं,१७ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध बलिङ गर्दै लुम्बिनी लायन्सका खेलाडी। तस्बिर÷ घनश्याम श्रेष्ठ÷रासस

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ ।

पोखरा एभेन्जर्सले दिएको ९८ रनको लक्ष्य पाएको लुम्बिनीले १२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले अविजित ४७ रन बनाए भने निरोशन डिकवेलाले अविजित २७ रन बनाए ।

टस हारेर पहिला ब्याटिंग गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

पोखराका लागि चमिका करुनारत्नेले २५ रन बनाएको छ भने कप्तान कुशल भुर्तेलले १४ रन बनाए । त्यस्तै मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए ।

लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिए भने तिलक भण्डारीले २ विकेट लिएका थिए शेर मल्ल, अभिशेष गौतम र रोहित पौडेलले एक-एक विकेट लिएका छन् । पोखरा एभेन्जर्सले भने लगातार तेस्रो हार बेहोरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T