काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई कारबाही गरेको छ ।
राष्ट्र बैंकले चालु् आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा हिमालयन बैंकलाई कारबाही गरेको छ ।
हिमालयन बैंकले २०८३ भदौ ३ गते १ दिनका लागि दैनिक रुपमा बैंकमा राख्नु पर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम कायम नराखेको भन्दै कारबाही गरेको हो ।
बैंकले अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम कायम नगरेपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई ४ लाख २६ हजार ८८४ रुपैयाँ नगद जरिवाना तिराएको छ ।









प्रतिक्रिया दिनुहोस्