Skip to content

सुनको मूल्य तोलाको १३ हजार ३ सयले बढ्यो, चाँदीको कति ?

nabil
global ime

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य उकालो लागेको छ । बिहीबार सुनको मूल्य एकैदिन १३ हजार ३ सय रुपैयाँले बढेको छ भने चाँदी २६५ रुपैयाँ बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको हो । बुधबार प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार ९ सय २० रुपैयाँ कायम भएको छ । बुधबार नेपाली बजारमा चाँदी प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T