Skip to content

सेबोनले दियो कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासन गर्न अनुमति

nabil
global ime
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नको लागि अनुमति दिएको छ । बोर्डले कम्पनीलाई ८० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ८० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो।
कुल निष्कासनमध्ये १७ लाख कित्ता अर्थात् २१.२५ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। त्यस्तै, बाँकी ६३ लाख कित्ता अर्थात् ७८.७५ प्रतिशत सेयर अन्य समूहका लागि छुट्याइएको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T