Skip to content

सेयर बजार र कारोबार रकम दुवै घट्यो, २११ कम्पनीका लगानीकर्ताले गुमाए

nabil
global ime
काठमाडौं । बिहीबार सेयर बजार घटेको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १२.९५ अकले घटेर २६५२.५८ बिन्दुमा झरेको छ ।
आज सेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ७ अर्ब ४३ करोड रुपैयाँबराबरको कारोबार भएको सेयर बजारमा आज ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको  छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । आज लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको हो । आज कारोबारमा आएको २११ कम्पनीको सेयर मूल्य घटेको छ भने ५६ कम्पनीको सेयर मूल्य बढेको छ । आज १२ कम्पनीको सेयर मूल्य यथावत् रहेको छ ।
आज मूल्य बढेका कम्पनीको वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको ‘१०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६’ को मूल्य आज सर्वाधिक ५.०९ प्रतिशत घटेको छ। यसैगरी, आज चिरख्वा हाइड्रोपावरको सेयरमूल्य साढे ४ प्रतिशत घटेको छ भने अन्य स्टकहरूको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १८ करोड १९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको साढे १४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T