Skip to content

विद्युत् प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग, दसौँदेखि पाँचौँ तहसम्म आवेदन खुला

nabil
global ime

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा स्थायी कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले प्राविधिक तथा प्रशासन सेवाअन्तर्गत विभिन्न तह र समूहका पदमा खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्नेगरी आवेदन खुलाएको हो।

प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै दसौँ तहदेखि पाँचौँ तहसम्मका विभिन्न पदमा योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको छ। भर्ना प्रक्रियामा प्राविधिक सेवातर्फ इलेक्ट्रिकल तथा इन्जिनियरिङ समूह र प्रशासन सेवातर्फ लेखा तथा अन्य समूहका पद समेटिएका छन्।

प्राधिकरणले दसौँ तहअन्तर्गत प्राविधिक सेवातर्फ प्रबन्धक पदमा एक जना कर्मचारी माग गरेको छ। त्यस्तै, आठौँ तहअन्तर्गत प्रशासन सेवातर्फ सहायक निर्देशक एक जना, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एक जना तथा प्राविधिक सेवातर्फ सहायक प्रबन्धक तीन जना माग गरिएको छ।

यसैगरी, प्राधिकरणले सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टर्ड एकाउन्टेन्ट तथा इन्जिनियरलगायत विभिन्न पदमा कर्मचारी भर्ना गर्ने जनाएको छ।

सहायकस्तरका पदमा समेत ठूलो संख्यामा कर्मचारी माग गरिएको छ। प्रदेशस्तरमा मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजरलगायतका पदमा पनि दरखास्त आह्वान गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले विभिन्न पदमा आवश्यक शैक्षिक योग्यता, अनुभव तथा अन्य मापदण्ड पूरा गरेका नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको छ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आजदेखि आगामी मंसिर ८ गतेसम्म दरखास्त दिन सक्नेछन्। पदअनुसार आवश्यक योग्यता, आवेदन प्रक्रिया र परीक्षासम्बन्धी विस्तृत विवरण प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T