Skip to content

आशुतोष ऊर्जा लिमिटेडलाई आईपीओ निष्कासनका लागि बोर्डको स्वीकृति

nabil
global ime

काठमाडौं । आशुतोष ऊर्जा कम्पनीले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीलाई आईपीओ निष्कासनका लागि विवरणपत्र प्रकाशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृति प्रदान गरेको हो ।

बोर्डबाट प्राप्त स्वीकृतिअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १२ लाख कित्ता सेयर निष्कासन गर्नेछ । यसअनुसार कम्पनीले १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डले आज कात्तिक २० गते विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्रदान गरेको हो ।

बोर्डको स्वीकृतिसँगै आशुतोष ऊर्जा लिमिटेडको आईपीओ निष्कासन प्रक्रिया थप अघि बढ्ने भएको छ ।

May be an image of hospital and text

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T