काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला पाँच हजार ९०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य भने ११० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ र चाँदीको मूल्य त्यति तीन हजार ८१० रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ९२० रुपैयाँ कायम थियो ।










प्रतिक्रिया दिनुहोस्