Skip to content

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा पनि सुधार

nabil
global ime

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ३४२.६ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ३० करोड ४८ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ८८ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। गत वर्षको तुलनामा कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि बढेको छ। कम्पनीले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३ अर्ब २० करोड २९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ रहेको थियो। यसअनुसार सञ्चालन आम्दानी २८.८ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, कम्पनीको कुल नाफा पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड ६२ लाख ७९ हजार रुपैयाँ रहेको कुल नाफा चालू आर्थिक वर्षको समीक्षा अवधिमा बढेर ५६ करोड १६ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको सञ्चालन नाफा पनि १६ करोड ९१ लाख ५१ हजार रुपैयाँबाट बढेर ४० करोड ५७ लाख १५ हजार रुपैयाँ पुगेको छ । अर्कोतर्फ, वित्तीय खर्च घटेको छ । गत वर्षको पहिलो त्रैमासमा ८ करोड ७२ लाख ३५ हजार रुपैयाँ रहेको वित्तीय खर्च समीक्षा अवधिमा घटेर ४ करोड ३८ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ ।

यसैगरी, कम्पनीको करअघिको नाफा ३६ करोड १८ लाख ४२ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ८ करोड १९ लाख १६ हजार रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीले ५ करोड ६९ लाख ८२ हजार रुपैयाँ आयकर खर्च छुट्याएको छ ।

वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ६३ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ४८९ रुपैयाँ ५३ पैसा रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको कुल सम्पत्ति १४ अर्ब २६ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T