काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माणका लागि आज विधिवत् रूपमा भूमिपूजा सम्पन्न गरेको छ।
करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुने उक्त भवन १२ तले हुनेछ । नयाँ कर्पोरेट भवनले संस्थागत स्थायित्व, ग्राहकप्रतिको उत्तरदायित्व तथा भविष्यको व्यावसायिक योजनालाई प्रतिबिम्बित गर्नेछ ।

भवन निर्माणमा आधुनिक इन्जिनियरिङ प्रविधि तथा वातावरणीय दिगोपनलाई प्राथमिकता दिइएको बैंकले जनाएको छ । जमिनको स्थिरता र आसपासका संरचनाको सुरक्षालाई ध्यानमा राख्दै ‘सेक्यान्ट पाइलिङ’ प्रविधि प्रयोग गरिनेछ । त्यस्तै, वर्षाको पानी संकलन तथा पुनःप्रयोग गर्ने प्रणाली र सौर्य ऊर्जा प्रणाली जडान गरी भवनलाई ऊर्जा दक्ष तथा वातावरणमैत्री बनाइनेछ ।

भवनमा सेवाग्राही तथा कर्मचारीको सुविधालाई मध्यनजर गर्दै दुई तहको भूमिगत पार्किङको व्यवस्था पनि गरिनेछ ।












प्रतिक्रिया दिनुहोस्