Skip to content

महालक्ष्मी विकास बैंकले घोषणा गर्याे ७.१८ प्रतिशत लाभांश

nabil
global ime
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्ताले कुल ७.१८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकको सञ्चालक समितिको ६५७औँ बैठकले आर्थिक वर्ष २०८२–८३ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमा ३.४० प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांश रहेको छ। नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।
बैंकको हाल कायम चुक्ता पुँजी ४ अर्ब ५१ करोड १२ लाख ८१ हजार ६५ रुपैयाँ ९० पैसा रहेको छ। यसका आधारमा बैंकले १५ करोड ६९ लाख १७ हजार ३९९ रुपैयाँ ४४ पैसा बराबरको बोनस सेयर वितरण गर्नेछ।
त्यस्तै, १७ करोड ५ लाख २६ हजार ४२४ रुपैयाँ २९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T