काठमाडौं । हिमालयन डिष्टिलरी कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २१ करोड ४९ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १३८.१८ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा कम्पनीले ९ करोड २ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा कम्पनीको सन्चालन आम्दानी ६३.८७ प्रतिशतले बढेर १ अर्ब ७६ करोड २८ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।
यस्तै कम्पनीको बिक्रीबाट हुने आम्दानी ५३.८३ प्रतिशतले बढेर ९१ करोड २८ लाख २० हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २३.३२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७.४९ रुपैयाँ रहेको छ ।









प्रतिक्रिया दिनुहोस्