Skip to content

सुनको मूल्य तोलाको ११ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

nabil
global ime
काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । गत हप्ताको शुक्रबार देखि घटेको सुनको मूल्य आज पनि घटेको हो ।
आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ८० रुपैयाँ घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबारको बजारमा सुन तोलाको  १ हजार ५०० रुपैयाँ  घटेर २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आजको बजारमा चाँदी तोलाको ३ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा चाँदी १०० रुपैयाँ घटेर ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T