काठमाडौं । वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा दिने ब्याजदर घट्नेक्रम रोकिएको छैन ।
कात्तिक महिनाको तुलनामा मंसिरमा बैंकले दिने मुद्दति निक्षेपमा दिने ब्याजदर घटिरहेको छ ।
कात्तिकमा बैंकले दिने ब्याजदर औसतमा ४.०१३ प्रतिशतविन्दुमा रहेको थियो । मंसिरका लागि भने यस्तो ब्याजदर ३.९०६ प्रतिशत रहेको छ । एक महिनाको अवधिमा बैंकको ब्याजदर औसतमा ०.१०७ प्रतिशतविन्दु घटेको छ ।
कात्तिकको तुलनामा मसिर महिनामा ६ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । बाँकी १४ वटा बैंकको ब्याजदर कात्तिक महिनाकै कायम रहेको छ ।
मंसिरमा माछापुच्छ्रे बैंकले १ प्रतिशत विन्दुले ब्याजदर घटाएर ३.५ प्रतिशत, कृषि विकास बैंकले ०.५ प्रतिशत विन्दुले घटाएर ३.६५ प्रतिशत, एनएमबि बैंकले ०.२५ प्रतिशत विन्दुले घटाएर ४.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशत विन्दुले घटाएर ३.७५ प्रतिशत, कुमारी बैंकले ०.०९ प्रतिशत विन्दुले घटाएर ३.६१ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत विन्दुले घटाएर ३.६५ प्रतिशत रहेको छ ।










प्रतिक्रिया दिनुहोस्