Skip to content

एक दर्जन वाणिज्य बैंकसहित ५० कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिए ? (सूचीसहित)

nabil
global ime

काठमाडौं । गत आर्थिक वर्ष २०८२–८३ को नाफाबाट एक दर्जन वाणिज्य बैंकसहित ५० वटा कम्पनीले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् ।

हालसम्म लाभांश घोषणा गर्ने ५० कम्पनीमध्ये १२ वटा वाणिज्य बैंक रहेका छन् । तीमध्ये ८ वटा बैंकले साधारणसभा सम्पन्न गरिसकेका छन् । साधारणसभा सम्पन्न भएका बैंकका सेयरधनीको डिम्याट खातामा बोनस सेयरसमेत जम्मा भइसकेको छ ।

त्यसैगरी, गत आर्थिक वर्षको नाफाबाट ६ वटा विकास बैंकले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने विकास बैंकमध्ये ४ वटाले साधारणसभा सम्पन्न गरिसकेका छन् ।

यस अवधिमा २ वटा फाइनान्स कम्पनीले पनि आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । त्यस्तै, जलविद्युत् क्षेत्रका १८ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । लघुवित्त क्षेत्रका ६ वटा वित्तीय संस्था र अन्य क्षेत्रका ५ वटा कम्पनीले पनि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरिसकेका छन् ।

कुन कम्पनीले कति बोनस सेयर र नगद लाभांश दिने घोषणा गरेका छन् भन्ने विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।

गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश घोषणा गर्ने कम्पनीमध्ये युनिलिभर नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १ हजार ५४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले ३० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । लघुवित्ततर्फ छिमेक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी २५ प्रतिशत कुल लाभांश दिने भएको छ । कम्पनीले ११.९६ प्रतिशत बोनस सेयर र १३.०४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

जलविद्युत् कम्पनीतर्फ माउन्टेन इनर्जी नेपाल लिमिटेडले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, कुटेली बुखारी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस सेयर र ०.९५ प्रतिशत नगद लाभांश गरी कुल १८.९५ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकिङ क्षेत्रतर्फ सिद्धार्थ बैंक र गरिमा विकास बैंकले समान २० प्रतिशत लाभांश घोषणा गरेका छन् । सिद्धार्थ बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ भने गरिमा विकास बैंकले पनि समान १०ः१० प्रतिशत बोनस तथा नगद लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै, नबिल बैंकले १०.८ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १५.८ प्रतिशत लाभांश दिने भएको छ । एभरेस्ट बैंकले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । सानिमा बैंकले १० प्रतिशत बोनस सेयर दिने भएको छ ।

अन्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत, कामना सेवा विकास बैंकले १५ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकले ११ प्रतिशत कुल लाभांश घोषणा गरेका छन् ।

फाइनान्स कम्पनीतर्फ मञ्जुश्री फाइनान्सले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश दिने भएको छ । आईसीएफसी फाइनान्सले भने १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५.२६ प्रतिशत, नेपाल ल्युब आयलले २१.०५२ प्रतिशत र सर्वोत्तम पेन्ट्सले १०.५२ प्रतिशत कुल लाभांश घोषणा गरेका छन् ।

जलविद्युत् कम्पनीमध्ये मिड सोलु हाइड्रोपावरले १५.७९ प्रतिशत, सुपर मादी हाइड्रोपावरले १५.७८ प्रतिशत, मकर जितुमाया सुरी हाइड्रोपावरले १३.६८ प्रतिशत र सिक्लेस हाइड्रोपावरले १३.३८ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

लघुवित्ततर्फ फस्र्ट माइक्रोफाइनान्सले ११.०५ प्रतिशत, गुराँस लघुवित्तले १० प्रतिशत, ग्लोबल आईएमई लघुवित्तले ९.५ प्रतिशत र आरएसडीसी लघुवित्तले ९.४ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T