Skip to content

सोनापुर मिनरल्सको नाफा ५५.८ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता छन् ?

nabil
global ime

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको खुद नाफा ५५.८ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले असाेज मसान्तसम्म १ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यससँगै कम्पनीको खुद नाफामा उल्लेख्य गिरावट आएको हो ।

कम्पनीकाे नाफा घटेकाे भएपनि बिक्री आम्दानी भने बढेको छ । कम्पनीले पहिलो त्रैमाससम्म ७० करोड ५३ लाख रुपैयाँको बिक्री आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ६६ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।

बिक्री आम्दानी बढे पनि उत्पादन लागतमा भएको वृद्धिका कारण कम्पनीको कुल मुनाफा घटेको छ । गत वर्षको पहिलो त्रैमासमा २० करोड ७८ लाख रुपैयाँभन्दा बढी रहेको कुल मुनाफा समीक्षा अवधिमा २० करोड ७८ लाख रुपैयाँमा सीमित भएको विवरणमा उल्लेख छ ।

निर्माण क्षेत्रमा देखिएको सुस्तता, इन्धन तथा कच्चा पदार्थको बढ्दो मूल्य र बजारमा बढ्दो प्रतिस्पर्धाले कम्पनीको नाफामा दबाब परेको कम्पनीले जानकारी दिएकाे छ ।

यसैगरी, कम्पनीले उत्पादन लागत घटाउने र सञ्चालन दक्षता बढाउने उद्देश्यले सौर्य ऊर्जा जडानका लागि आवश्यक मेसिनरी खरिद तथा अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया पूरा गरेको जनाएको छ । यसैगरी, सिमेन्ट मिलको क्षमता विस्तारका लागि सिमेन्ट सिलो निर्माण र सिमेन्ट क्लिनको कामसमेत अघि बढाइएको छ ।

असाेज मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा १ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

वित्तीय विवरणअनुसार कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ५१ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ४३ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८० रुपैयाँ १३ पैसा कायम भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T