Skip to content

परराष्ट्रमन्त्री खनालद्वारा तातोपानी नाका तत्काल खुलाउन चिनियाँ पक्षसँग विशेष जोड

nabil
global ime

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि जोड दिएका छन् ।

नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ्ग वानमिङ्गले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गरेको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन सम्बन्धित चिनियाँ पक्षसँग विशेष जोड दिए ।

परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा-भोटेकोशीको बाढीले रसुवागढी नाका बन्द भएको र अहिलेको हिउँदको अवस्थामा चीन जोड्ने अन्य उच्च हिमाली नाकाहरू पूर्ण रूपमा सञ्चालन हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष याङ्गलाई काठमाडौंबाट सबैभन्दा नजिक दुरीमा रहेको तातोपानी नाका तत्काल खोल्नका लागि विशेष जोड दिए ।

‘तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको कनेक्टिभिटीका लागि तत्काल खुलाउन जरुरी छ।’

उक्त अवसरमा अध्यक्ष याङ्गले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने जानकारी परराष्ट्रमन्त्री खनाललाई दिनुभयो। उक्त अवसरमा दुई पक्षबीच दुई मुलुकबीचको व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, जनस्तर, शिक्षा लगायत विविध विषयमा छलफल भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T