Skip to content

प्राइभेट इक्विटी र भेन्चर क्यापिटल प्रवर्द्धन गर्न नयाँ नियमावलीको मस्यौदा,सेबोनले माग्यो सुझाव (पूर्णपाठ)

nabil
global ime

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैकल्पिक लगानी कोष नियमावली, २०८३ को मस्यौदा सार्वजनिक गरेको छ ।
बोर्डले यसका लागि सरोकारवाला पक्षसँग राय तथा सुझाव माग गरेको छ ।

बोर्डले मस्यौदामाथि कुनै राय, सुझाव भए ७ दिनभित्र उपलब्ध गराउन आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा निजी लगानी बजार (प्राइभेट मार्केट) को विकास तीव्र गतिमा भइरहेको सन्दर्भमा नेपालमा पनि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलजस्ता वैकल्पिक लगानीका माध्यम विकास गर्न आवश्यक रहेको बोर्डले जनाएको छ ।

बैंक ऋण तथा सार्वजनिक पुँजी बजारबाट मात्रै उद्यमशीलता प्रवर्द्धन, स्टार्टअप, साना तथा मझौला उद्यम र प्रविधिको विकासका लागि आवश्यक वित्तीय स्रोत पर्याप्त नहुने भएकाले दीर्घकालीन रूपमा जोखिम बहन गर्न सक्ने पूँजी परिचालनका लागि वैकल्पिक लगानीका साधन विकास गर्नुपर्ने बोर्डको भनाइ छ।

बोर्डले यसअघि नेपालमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको पारिस्थितिक प्रणालीको मूल्यांकन तथा नियामकीय सुधारसम्बन्धी अध्ययन, २०८३ सार्वजनिक गरिसकेको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, अर्थ मन्त्रालयको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ र बोर्डको पूँजी बजार नीति कार्यान्वयन गर्ने क्रममा हाल प्रचलनमा रहेको विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लाई परिमार्जन गरी वैकल्पिक लगानी कोष नियमावली, २०८३ का रूपमा नयाँ ढाँचामा मस्यौदा तयार गरिएको बोर्डले जनाएको छ।

अन्तर्राष्ट्रिय अभ्यास तथा असल नियामकीय अभ्यासअनुरूप प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीईभिसी) को विकास गर्ने र नेपालको आर्थिक रूपान्तरण, उद्यमशीलता प्रवर्द्धन तथा पुँजी बजारको दिगो विकासका लागि दीर्घकालीन पुँजीको उपलब्धता बढाउने मस्यौदाको प्रमुख उद्देश्य रहेको बोर्डले जनाएको छ ।

वैकल्पिक लगानी कोष नियमावली, २०८३ को मस्यौदा तथा त्यसका प्रमुख विशेषता र परिवर्तनसम्बन्धी विवरण बोर्डले उपलब्ध गराएको लिङ्कमार्फत अध्ययन गर्न सकिने जनाएको छ ।

कोष दर्ता तथा लगानीका न्यूनतम मापदण्ड तयार पारिएको छ । जसमा न्यूनतम कोष आकार १५ करोड, कोष व्यवस्थापकले कम्तीमा २ प्रतिशत लगानी गर्नुपर्ने, इकाईधनीको संख्या अधिकतम २०० र कोष बन्दमुखी हुनुपर्ने उल्लेख छ ।

प्रति इकाईधनी न्यूनतम लगानी ५० लाख रुपैयाँ,भेन्चर क्यापिटल, एसएमई, सामाजिक प्रभाव तथा एन्जल फण्डमा न्यूनतम २५ लाख रुपैयाँ, लगानीको अवधि र बहिर्गमन व्यवस्था, कोषको अवधि ५ देखि १५ वर्षसम्म हुने व्यवस्था रहेको छ ।

लगानी अवधि समाप्त भएपछि नयाँ लगानी गर्न नपाइने रहेको छ । तर, विशेष परिस्थितिमा इकाईधनीको स्वीकृतिमा विद्यमान लगानी संरक्षण तथा पुनर्संरचनाका लागि फलो अन इनभेष्टमेन्ट गर्न सकिने जनाइएको छ ।

लगानीबाट बाहिरिने र प्रतिफल वितरण गर्ने प्रक्रिया कोषको विधान तथा बिक्री प्रस्तावमा उल्लेख गर्नुपर्ने भनिएको छ ।लगानीको विविधीकरण तथा सीमामा एउटा कम्पनी वा क्षेत्रमा कुल लगानीयोग्य रकमको अधिकतम २५ प्रतिशतसम्म लगानी गर्न सकिने जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T