Skip to content

सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट, बिहीबार तोलाको ३३ सय रुपैयाँ घट्यो 

nabil
global ime
काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य निरन्तर ओरालो लागेको छ । यसअघिको दिनहरूमा घटेको सुन–चाँदीको मूल्य बिहीबार पनि घटेको हो ।
बिहीबारको नेपाली बजारमा सुनको मूल्य तोलाको ३ हजार ३०० रुपैयाँ घटेको छ भने चाँदी तोलाको ४५ रुपैयाँ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आजको नेपाली बजारमा चाँदीको मूल्य तोलाको ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदीकाे मूल्य तोलाको ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T