Skip to content

प्रधानमन्त्री वालेन आइतबार भारत भ्रमणमा जाँने: शाहले सरकारी प्रतिनिधि भेट्ने, लगानीकर्ता भेट्ने जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई

भ्रमणमा निजी क्षेत्रका ५२ सदस्य सहभागी हुने, खर्च आफ्नै

nabil
global ime

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आगामी आइतबार भारतको भ्रमणमा जाने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले भारतको द्विदिवसीय भ्रमण गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनी नेतृत्वको ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत जाने छन् । जसमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।

भ्रमणमा निजी क्षेत्रका ५२ जना व्यवसायी सहभागी हुनेछन् । त्यसको खर्चमा निजी क्षेत्र आफैले व्यहोर्ने जनाइएको छ । भ्रमणका क्रममा आर्थिक सहकार्यका साथै कृषि,मानव संशासन लगायतका विषयमा सम्झौता हुने बताइएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सरकारी टोलीसँग मात्रै भेट्ने भएका छन् । यस्तै भारतीय लगानीकर्तासँग भने अर्थमन्त्री डा वाग्लेले भेट्ने छन् । भ्रमणका क्रममा नेपाल भारत बिजनेश फोरमसँग अर्थमन्त्री वाग्लेले भेट्ने छन् । भेटमा भारतीय व्यवसायीको कुरा सुन्ने र नेपालमा लगानी भित्र्याउन आह्वान गरिने बताइएको छ ।

भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उदघाटन तथा नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। नेपालको लागि भारत ठूलो र महत्त्वपूर्ण विकास साझेदार हो। दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।  भ्रमणका क्रममा सहकार्यका विविध क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद व्यवस्थापन, मानव संसाधन विकास जस्ता विषयहरू  समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन्। यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने जनाइएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने छन् भने प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । प्रधानमन्त्री शाहसँग भारतका विदेशमन्त्री एस जयशङ्करले पनि शिष्टाचार भेट गर्नेछन् ।

सांस्कृतिक निकटता तथा जनस्तरको घनिष्ठ सम्बन्धमा आधारित नेपाल र भारतबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध प्रधानमन्त्री शाहको भ्रमणबाट अझ सुदृढ हुने अपेक्षा गरिएको छ । त्यस क्रममा दुई देशबीचको बहुआयामिक सहकार्यको समीक्षा गर्दै पारस्परिक लाभका क्षेत्रमा सहकार्यलाई अघि बढाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले केहीबेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री शाह मङ्सिर ७ गते साँझ ६:४५ स्वदेश फर्कने कार्यक्रम छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T