काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । आज बसेको बसेको मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णयह गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बताए ।
बैठकले मंसिर ६ र ७ गते प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको छ ।
यस्तै चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।
बैठकले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिट क्रिडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
यस्तै नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने निर्णय गरेको छ ।
यस्तै राष्ट्रिय जैविक विविधता,रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने, ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने, राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।









प्रतिक्रिया दिनुहोस्