Skip to content

वाणिज्य बैंकले सवारी खरिदका लागि दिने कर्जा १४.१५ प्रतिशत बढ्यो, कुन बैंकले कति लगानी गरे ?

nabil
global ime
काठमाडौं । वाणिज्य बैंकले सवारी साधन खरिदको लागि दिने कर्जा (हायर पर्चेज कर्जा)मा उल्लेख्य वृद्धि गरेका छन् । गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा चालु आर्थिक वर्षसम्म आउँदा यस्तो कर्जा १४.१५ प्रतिशतले बढेको हो ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १६ वाणिज्य बैंकले एक वर्षको अवधिमा हायर पर्चेज कर्जा बढाएका छन् । बाँकी ४ वाणिज्य बैंकको भने यस्तो कर्जामा लगानी घटेको छ ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको असोजमा १ खर्ब १४ अर्ब १८ करोड रुपैयाँ रहेको बैंकहरूको सवारी साधन खरिदसम्बन्धी लगानी चालु आवको असोजमा  १६ अर्ब १३ करोड ९४ लाख रुपैयाँले बढेर १ खर्ब ३० अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
लगानी वृद्धिदरका आधारमा कृषि विकास बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकको यस्तो लगानी ४९.२२ प्रतिशतले बढेर ७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै हिमालयन बैंकको ३९.५४ प्रतिशत, नबिल बैंकको ३०.६७ प्रतिशत, नेपाल एसबीआई बैंकको २७.६६ प्रतिशत र एभरेष्ट बैंकको २६.६७ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी लक्ष्मी सनराईज बैंकको २४.१४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २१.७४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबी) बैंकको १८.०४ प्रतिशत र माछापुच्छ्रे बैंकको १२.१० प्रतिशतले लगानी बढेको छ ।
यस अवधिमा ४ वाणिज्य बैंकहरुको सवारी साधन खरिदसम्बन्धी लगानी भने घटेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको यस्तो लगानी ४४.४३ प्रतिशत, एनआईसी एसिया बैंकको ३१.९८ प्रतिशत, कुमारी बैंकको ३५.२२ प्रतिशत र सानिमा बैंकको ३.२२ प्रतिशतले घटेको छ ।
कुल लगानीको आकारका आधारमा ग्लोबल आईएमई बैंक उच्च स्थानमा रहेको छ । यस बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा १६ अर्ब ९४ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
यसैगरी, नबिलले १५ अर्ब २९ करोड र राष्ट्रिय वाणिज्य बैंकले ११ अर्ब ७९ करोड रुपैयाँ यस्तो कर्जा लगानी गरेका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T