Skip to content

सुनकोशी-मरिण डाइभर्सनको ठेक्का रद्दका कागजात ७ दिनभित्र उपलब्ध गराउन सरकारलाई लेखाको निर्देशन

nabil
global ime

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दको बिषयका कागजात ७ दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको सभापति भरतबहादुर खड्काले बताए ।

आज जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया तथा , ऊर्जा मन्त्रालयका अधिकारीसँग छलफल भएको थियो ।

टेन्डरका सबै प्रक्रिया पूरा भइसके पनि अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको थियो ।

यही विषयमा लेखा समितिमा उजुरी परेको थियो । उजुरी परेपछि समितिले बैठक बोलाएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T