Skip to content

प्रधानमन्त्री शाहले देश बनाउने टोली सार्वजनिक गरेको साढे ५ महिनापछि फेलापारे देश उभो लाउने टोली

nabil
global ime

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देश बनाउने टोलीको तस्विर सार्वजनिक गरेको करिब साढे ५ महिनापछि देश उभो लाउने टोली सार्वजनिक गरेका छन् ।

उनले म‌ंगलबार सामाजिक सन्जाल फेसबुक मार्फत देश उभो लाउने टोलीको तस्विर सार्वजनिक गरेका हुन् ।

उनको देश उभो लाउने टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् ।

भारतको २ दिने भ्रमण सकेर फर्के लगत्तै उनले मन्त्रीद्वय वाग्ले र खनालको तस्विर राखेर लेखेका छन् ”देश उभो लाउने टोली !
निक्कै मिहिनेती मान्छेहरु!”

प्रम शाहसँग भारत जाने टोलीमा वाग्ले र खनाल थिए । यो तस्विर भने वाग्लेले सोमबार नै सार्वजनिक गरेका थिए ।

वाग्लेले लेखेका छन् ”सम्बन्धको नयाँ उचाइ, अत्यन्तै उपलब्धिमूलक र दूरगामी महत्व बोकेको प्रधानमन्त्री बालेन शाहको पहिलो द्विपक्षीय राजकीय भ्रमणको सफल समापन गरी भारतबाट आज साँझ स्वदेश फर्केका छौं।”

प्रम शाहले यसअघि जेठ ३१ गते २ मन्त्रीसहित आफू रहेको तस्विर देश बनाउने टोली सार्वजनिक गरेका थिए । उक्त समयमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र गृहमन्त्री सुधन गुरुङ रहेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T