काठमाडौं । साउदी अरबमा हालै भएका आक्रमणमा परी एक जना नेपाली नागरिकको मृत्यु भएको छ भने अन्य तीन जना नेपाली नागरिक घाइते भएका छन् ।
घाइतेमध्ये एक जना उपचारपछि निको भएका छन् भने दुई जनाको उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालले कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुनेमा जोड दिएको छ।
विवाद तथा द्वन्द्वको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न आग्रह गर्दै नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउनसमेत आह्वान गरेको छ।









प्रतिक्रिया दिनुहोस्