काठमाडौं । बुधबार नेपाली बजारमा पनि सुनको मूल्यले ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राख्न सफल भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्